Rashtriya Dainik

भुजहवामा खुल्ला पुरुष कपर्दी प्रतियाेगिता सुरु

नन्दु यादव/ असाेज २६ ,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा नम्बर ७ भुजहवामा बडादशैकाे उपलक्ष्यमा स्वास्थ्य काे लागि खेलकुद रास्ट्रकाे लागि खेलकुद भन्ने मुलनाराका साथ अाजदेखि खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएकाे छ ।शिवशक्ति सामाजिक बिकास समितिका अध्यक्ष अनिल राजभरकाे अध्यक्षता तथा सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खा धुनियाकाे प्रमुख अतिथ्यतामा अाज एक कार्यक्रम बिच भब्यताका साथ उदघाटन गरिएकाे हाे ।उदघाटनका कार्यक्रम समाजसेबी मनाेहर यादव ,कन्हैया कुर्मी ,श्री प्रसाद हरिजन , लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि हेयात खा धुनियाले खेल खेल्दा अनुसासन मा रहि खेल्नुपर्ने अावश्यक रहेकाे बताउनु भयाे।खेलकुदले मानिसलाई स्वस्थ्य राख्न निकै महत्त्वपूर्ण भुमिका रहने भएकाेले खेलकुद मार्फत स्वस्थ्य रहन र जीवन निर्वाह गर्न ब्यवसयिक रुपले खेललाई पेशाकाे रुपमा युवाहरुले स्विकार्नुपर्ने कुरामा जाेडदिनु भयाे।खेलकुद बिकासका लागि गाउपालिकाले काेचिङ सेन्टरकाे ब्यवस्थापन गर्नुपर्ने अावश्यक रहेकाे बताउनु भयाे।अाफुले खेलकुदका लागि प्रतेक बर्ष बजेट बिनियाेजन गर्दै अाएकाे र अाउने दिनमा पनि अावश्यकता अनुसार बजेट बिनियाेजन गर्नु प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।कार्यक्रममा नेपाल र भारतीय गरि ५६टिमकाे सहभागिता रहेकाे छ ।कार्यक्रमलाई अम्मर यादवले सन्चालन गर्नु भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित