Rashtriya Dainik

नवलपरासीमा सशस्त्र प्रहरीकाे कडा निगरानी अबैध सामान धमाधम नियन्त्रणमा

नन्दु यादव / असाेज २१ पश्चिम नवलपरासी

पश्चिम नवलपरासी जिल्लामा निकै कडाइका साथ सशस्त्र प्रहरी बल लागि परेकाे छ। सशस्त्र प्रहरी बललेविभिन्न अबैध सामानहरु धमाधम पक्राउ गर्न थालेकाे छ। यसै गरि विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी मातहत ईकाइहरुबाट खटिएको मोवाईल गस्ति टोलिले सरप्राईज चेकप्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा लत्ताकपडाहरु¸मोटर पार्टस¸ईलेक्ट्रोनिक सामान र हरियो केराउ निकासी पैठारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएकाे छ । रु.४लाख ३० हजार ८ सय बराबरको सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल २६न गणका सुचना अधिकारी राेशन घिमिरेले बताए ।अन्य वर्षकाे तुलना यस वर्ष बढि राजस्व दाखिला भएकाे समेत बताईएकाे छ ।गणपति महेश अधिकारी आएदेखि जिल्लामा तस्करीकाे न्युनिकरण हुँदै गएकाे छ ।सिमाकाे रक्षा ,शान्ति सुरक्षा र चाेरि निकासी नियन्त्रण लाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा ब्यवस्थापन मिलाईएकाे गणपति अधिकारीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित