संजय कुशवाहा /नवलपरासी २१ असोज
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वाड न.६ गुठी परसौनीमा बडा दशैको उपलक्ष्यमा १७ औं खुल्ला क्रिकेट प्रतियोगिता बुधबारबाट शुरू भएको छ । माउण्ट क्रिकेट क्लबको आयोजनामा भएको सो प्रतियोगिता गुठी परसौनीको जन जागृति माध्यमिक विद्ययालयको प्राङ्गणमा शुरु भएको हो । प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य देवकरण कलवारले गरेका थिए ।

उदघाटन क्रममा बोल्दै कलवारले खेलकुदले युवाहरूको विकासमा महत्त्वपूर्ण हुने बताउदै खेल जगतमा खेलाडीहरुको शारीरिक ,मानसिक ,समाजिक र संस्कृति सदभावको लगि विकास गर्छ । खेलको महत्त्व धेरै उच्च रहेकाले खेललाई सफल पार्न नियम अनुसारको पालना गरि खेल यो ठाउँमा मात्र होईन अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्नुस भन्ने शुभकामना दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद पुरस्कारसहित मेडल र सिल्ड प्रदान गरिने छ भने दितिय हुने टिमले १५ हजार नगद पुरस्कारसहित सहित मेडल र सिल्ड प्राप्त गर्नेछ । प्रत्येक खेलमा उत्कृष्ट खिलाडीलाई म्यान आफ द म्याच सम्मानित गरिने छ । प्रतियोगितामा १६ वटा टिमको सहभागीता रहेको आयोजनाले बताए । प्रतियोगिता असोज २१ गतेदेखि असोज २८ गतेसम्म संचालन रहने छ ।

प्रतियोगिताको उद्दघाटन समारोह कार्यक्रममा विशेष अतिथि प्रतापपुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागी खेलकुद आवश्यक भएको हुदाँ युवाहरूलाई खेल प्रति प्रोत्साहन समेत दिदै । यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव तत्पर रहेको अध्यक्ष चौधरीले बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापती मुकुल आचार्य , नेपाली कंग्रेसका युवा नेता उमेश चन्द्र यादव ,गुठी परसौनी आयुर्वेद अौषधालयका प्रमुख दिनबन्धु मिश्रा , समाजसेवी केशव अधिकारी, राजेश पाण्डे, रामप्रित यादव ,रविन्द्र जयसवाल, लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

