Rashtriya Dainik

६६ अाै प्रहरी दिवस बझाङमा भव्यता साथ सम्पन्न

उत्तमकुमार थापा/ बझाङ

जिल्ला प्रहरी कार्यालय बझाङमा ६६ औँ नेपाल प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङ ले विभिन्न कार्यक्रम गरी आयोजना गरिएको हो ।

प्रहरी दिवसको अवसरमा अम्मर प्रहरी स्तम्भमा माला तथा सलामी अर्पण गर्नुका साथै दिवसको पूर्व सन्ध्यामा आयोजना गरेकाले भलिबल, ब्याडमिन्टन र, टेबल टेनिस प्रतियोगिता, प्रतियोगिताका खेलाडीलाई पुस्तकार वितरण गर्नुका साथै उत्कृष्ट काम गर्ने प्रहरीहरूलाई सम्मान समेत गरेका थिए ।

नेपाल प्रहरीले निष्ठावान् र कर्तव्यनिष्ठ भएर काम गर्नु पर्ने बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालतका प्रमुख न्यायाधीश विष्णु प्रसाद अवस्थिले भने ‘ प्रहरीले हालसम्म कायम राखेको उच्चछवी निरन्तर राख्नका लागी सबै प्रहरी अधिकारीले काम गर्न आवश्यक छ ।’

प्रहरी मेरो साथी अभियानका साथ अहिले प्रहरी जनतासँगै छ । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो छवि उच्च राखेको छ। प्रहरी सङ्गठन अझै मजबुत बनाउनतर्फ यसका निकायले ध्यान दिन जरुरी छ । देशका सबै परिवेशमा प्रहरीले आफूलाई संयमित बनाएर सुरक्षा दिनेमा उनले आशा व्यक्त गरे ।

त्यस्तै कार्यक्रम का अध्यक्ष प्रहरी नायब उपरीक्षक रूपक खड्काले नेपाल प्रहरीले संविधान प्रदत्त आम नागरिकको अधिकार र राष्ट्रका लागि नेपाल प्रहरी जिम्मेवार भएर लागिरहेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित