उमेश बि.क / नवलपरासी ,२० असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अन्तर्गत बाढी प्रभावित अति बिपन्न घर परिवारलाई असल छिमेकी नेपालले २५० घरधुरी परिवारकाे राहत वितरण गरेको छ ।
सरावल गाउँपालिकाकाे समन्वयमा तथा असल छिमेकी नेपालकाे अायाेजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा राहत बितरण गरिएको हाे ।

भदौ पहिलो हप्ता आएको अबिरल वर्षापछि आएको बाढी र डुवान प्रभावितलाई राहत वितरण सरावल गाउँपालिका अन्तर्गत वडा नम्बर ६ खडौनामा १३८ घरपरिवारलाई र वडा नम्वर ५ जितपुर फुलवरियामा ११२ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको हाे ।

गाउँपालिका अध्यक्ष चाैधरीले कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई आफूले सक्दो सहयोग र संघ संस्थाबाट समन्वय गरेर राहत प्रदान गरेको बताउदै ‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त नभए पनि जनताको दुःख सुखमा स्थानीय सरकारले साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे।

राहत बितरणमा वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानि ,वडा नं. ६ वडा अध्यक्ष कैलास यादव तथा स्थानीय समाजसेवीकाे सहभागीतामा राहत बितरण गरिएको हाे ।
बाढीकाे कारणले साे क्षेत्रकाे हजारौं बिगहा क्षेत्रफलकाे धानबाली पुर्ण रुपमा नष्ट भएको छ ।
राहत सामग्री स्थानीयले पाएपछि खुसि ब्यक्त गर्दै पाएकाे राहतबाट केही दिन छाँक टार्न सहज भएको बताएका छन ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

