Rashtriya Dainik

सांसद कण्डेलको सहयोगमा १७३ बाढीपीडितलाई राहत वितरण

उमेश बि.क/ राष्ट्रिय दैनिक
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर -१ मा नेपाली कांग्रेसका नेता, पूर्व गृहराज्यमन्त्री एबं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेलको सहयोगमा बाढीपीडितलाई राहत वितरण भएको छ । 

गत भाद्र १० गते भएको भारी बर्षाबाट प्रभावित रामग्राम -१,नवलपरासी पश्चिमका बाढी पिडितहरुलाई नेता कण्डेलले १७३ घरधुरीलाई ब्यक्तिगत सहयोग गर्नु भएको हो ।
राहत हस्तान्तरण गर्दै सांसद कण्डेलले बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर राहत वितरण गरिएको बताउदै ‘अाफुहरुले खासै ठूलो सहयोग नगरे तरपनि बाढी र डुबानले बनाएको घाउमा थोरै भएपनि मल्हम लगाउन खाेजेकाे बताउनु भएको हाे। बाढीबाट पिडित परिवारलाई यस्तो विपदका बेला आवश्यक सहयोग र समस्याको दिर्घकालिन सामाधान गर्न अाफु लागी परेको बताउनु भएको हाे। बाढीले नवलपरासीमा जनधनको क्षति गरेकोले यश दुखकाे समयमा अाफुले जनताकाे दुखमा साथ रहेको बताउदै नवलपरासीको समग्र विकासमा अाफु लागि परेको बताउनु भएको हाे। वहाँले दु:खमा परेका जनताको साथमा आफू व्यत्तिगत र पार्टीको तर्फबाट सँधै साथमा रहेको उल्लेख गरे ।

१७३ घरधुरीलाई रु २ लाख बराबरको खाद्यान्न र जिन्सी सहयोग गरिएको स्वकिय सचिव कमल रायमाझीले जानकारी दिनुभयो ।

राहत वितरणमा नेपाली काङ्ग्रेसका नेता माेहन प्रसाद शर्मा, राधेश्याम पाठक , गजानन्द पटेल, नगर सभापती श्रीधर बस्याल,उपमेयर रम्भा कुँवर ,रामग्राम १ का सभापती चुरामणी चौधरी ,चन्द्रिका अग्रहरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित