Rashtriya Dainik

ढुङ्गा फुटाएर आगाेकाे झिल्काे निकाल्ने नेतालाई जिल्ला सभापति बनाउनु पर्छ

उत्तमकुमार थापा बझाङ

नेपाली काङ्ग्रेसका युवा नेता ज्ञान बहादुर बाेहरा जिल्ला सभापतिकाे उम्मेदवारी हुनुभएको छ ।

नेपाली काङ्ग्रेसकाे ८ अाै महाधिवेशनकाे समयमा निकै चर्चित युवा नेताले जिल्ला सभापतिकाे उम्मेदवारी दिनु भएको बताउनु भयाे । आसन्न १४ अाै महाधिवेसन उद्घघाटन कार्यक्रममा बाेल्दै नेता बाेहराले अलि जुझारु क्षेमतावान,र लगनशील व्याक्तित्वले नेतृत्व पाउनु पर्ने धारणा राख्नु भयाे ।

उहाँले भन्नू भयाे,आफुनै आउनु पर्छ भन्ने छैन तर नेतृत्व दरिलाे र नेतृत्व हाक्न सक्ने हुनुपर्नेमा जाेड दिनु भएको हाे । जिल्ला निकै चर्चित युवा नेताकाे रुपमा परिचित बाेहरा नेपाली काङ्ग्रेस बझाङका उपसभापति पनि रहनु भएको छ । उनले आफुमा राजनीति धारकाे परिकल्पना गरेको बताउदै नेताहरुलाई आपसमा बसेर हाम्रो हैन राम्रो सभापति लाई सहयाेग गर्नु पर्ने बताउनु भयाे । कार्यक्रममै जङ्गीएका नेता बाेहराले ढुङ्गा फुटाएर अागाेकाे झिल्काे निकाल्न सक्न नेतृत्वको जरुरत रहेकाे भन्दै,नेपाली काङ्ग्रेसकाे गुटउपगुटकाे अनत्य हुन जरुरी भएको दावी गर्दै आफुलाई सभापतिमा सहयाेग गर्न अनुराेध गर्नुभएको हाे । पार्टी राम्रोसँग अगाडि बढाउन नेतृत्व हाम्रो हैन राम्रो आउन जरुरत रहेकाे बताउन भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित