Rashtriya Dainik

समसाद असारी राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित

नन्दु यादव /असाेज१६ ,पश्चिम नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ३बस्ने समसाद असारी रास्ट्रिय जनमुक्ति पार्टीकाे केन्द्रीय समिति सदस्य मा निर्वाचित हुनु भएकाे छ। रास्ट्रिय जनमुक्ति पार्टी काे धरानमा भएकाे ६अाै महाधिवेशन बाट वहाँ केन्द्रीय सदस्य मा निर्वाचित भएकाे बताईएकाे छ ।लामाे समय देखि युवाहरु काे माझमा रहि विभिन्न सामाजिक काम निकै अग्रसरता का साथ काम गर्दै अाउनु भएका असारी निकै मिलनसार स्वभावका रहनु भएकाे छ ।वहाँ कृषिक्षेत्र काे ब्यवसायमा रमाउदै अाफ्नाे राजनिति लाई अगाडि बढाउने साेचमा रहेकाे बताउनु भयाे ।यसै गरि हिजाे वहालाई रास्ट्रिय जनमुक्ति पार्टी बर्दघाट नगरपालिकाकाे नगरकमिटि ले सम्मान गरेकाे छ ।जनमुक्ति पार्टीको नगरकमिटिका अध्यक्ष शेरबहादुर थापाकाे अध्यक्षता तथा जिल्ला अध्यक्ष धनबहादुर गुरुङ काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम बाेल्दै प्रमुख अतिथि गुरुङ ले अब देशलाई बिकास र निकास जनमुक्ति पार्टी ले मात्र दिन सक्ने बताउनु भयाे ।साथै अब सबै अामनागरिक एकजुट भई जनमुक्ति पार्टी लाई हरेक क्षेत्रबाट निर्वाचन मा बिजयी गराउन समेत अाव्हान गर्नु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित