राष्ट्रिय दैनिक / नवलपरासी , १४ असाेज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ र २ मा काेभिड १९ , अाकस्मिक स्वास्थ्य तथा प्रकाेप जाेखिम ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
युनाइटेड मिसन टु नेपालको सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै वडा नम्बर १ का वडा अध्यक्ष ललन प्रसाद यादवले जलवायु परिवर्तन मानव जिवनमा नराम्रो असर पार्ने र त्यसबाट हुने विपत तथा जाेखिमबाट वचन हामी सबै अाअाफ्नाे ठाउँबाट न्युनिकरण तथा ब्यवस्थापन तर्फ प्रयास गर्दै अगाडि बढ्न अाग्रह गर्दै तालिम निकै प्रभावकारी भएको हुनाले सिकेकाे कुरा ब्यवहारमा उतार्न सबै सहभागीमा अनुरोध समेत गर्नुभएको हाे ।

अभिमुखिकरण कार्यक्रममा काेभिड १९ बाट बच्ने उपाय, माहामारीकाे परिचय ,माहामारीबाट बच्ने उपाय ,वातावरणकाे महत्त्व ,जलवायु परिवर्तन लगाएतकाे विषयवस्तुमा प्रशिक्षण गरिएको रिकाेप परियोजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे।
कार्यक्रममा वडा नम्बर १ वडा सदस्य सनन्दन चाैधरी , राम भुवाल सहानि ,निर्मा शर्मा तथा वडा नम्बर २ काे कार्यवाहक वडा अध्यक्ष अनारी देवि हरिजन ,वडा सदस्य फाैजदार गुप्ता लगाएतले तालिम निकै प्रभावकारी रहेकोले यस्ता अभिमुखिकरण तालिम अगामि दिनमा निरन्तर्ता दिनुपर्ने कुरामा जाेड दिइएका थिए।

तालिमकाे प्रशिक्षण समुदाय स्तरीय विपद ब्यवस्थापन लुम्बिनी प्रदेश सचिव उमेश बि.क ले गर्नुभएको थियाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

