Rashtriya Dainik

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा : उत्कृष्ठ कार्य गरेको ३ पालिकालाई सम्मान

नवलपरासी , १४ असोज । पश्चिम नवलपरासीमा जिल्ला स्तरिय रुपमा एकिकृत स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजना तथा युएस आईडीको सहकार्यमा आर्थिक बर्ष २०७७/०७८ को एकिकृत स्वास्थ्य कार्यक्रमको २ दिन बार्षिक समिक्षा गरिएको हो । उक्त समिक्षा कार्यक्रम स्वास्थय कार्यालयका प्रमुख कृष्ण प्रसाद पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको विशिष्ट आतिथ्यतमा सम्पन्न गरिएको हो ।

दुईदिने समिक्षा कार्यक्रममा स्वास्थय कार्यालयका प्रमुख र कर्मचारीहरु, ७ वटै पालिका स्वास्थ्य शाखाका प्रमुख, पृथ्वीचन्द्र अस्पतालका प्रमुख र प्रतिनिधि, जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बर्षभरिमा स्वास्थ्य क्षेत्रमा गरिएको कार्यहरुको प्रगति विवरण प्रस्तुत गरिएको थियो भने पालिका र सम्बन्धित निकायले लिइएको लक्ष्य र प्रगितका बारेमा तथ्याङ्कगत छलफल गरिएको थियो ।

कार्यक्रममा कोभिड–१९ नियन्त्रण, उपचार सेवा, सचेतना तथा प्रामर्श, वितरण गरिएको औषधी तथा स्वास्थय सामाग्रीहरुको विषयमा पनि समिक्षा गएिको थियो । कार्यक्रममा अझै सुधार गर्नु पर्ने विषयमा आएको सुझावलाई ग्रहण गर्दैै आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने पालिकाका स्वास्थ्य शाखाहरुले प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार र आपतकालीन समयमा सक्रियतापुर्वक स्वास्थय सेवा प्रवाह गरेका जिल्लाको ७ वटै पालिकालाई स्वास्थ्य कार्यालयले सम्मान गरेको थियो । त्यस्तै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको ३ वटा पालिकालाई पनि सम्मान गरिएको थियो जसमा प्रथम रामग्राम नगरपालिका, द्धित्तिय सरावल गाउँपालका र त्रित्तिय सुस्ता गाउँपालिका आएको थियो । यो मुल्याङ्कन र रेन्किङ्ग पालिकाहरुले गरेको कार्य सम्पादन र पुरा गरेको सुचकाङ्क लगायतका विषयमा उत्कृष्ठ कार्य गरेको आधारमा गएिको थियो ।

कार्यक्रममा कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पत्रकारिता मार्फत योगदान पु¥याएको नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, रेडियो परासीका स्टेशनम्यानेजर विकाश अधिकारीलाई पनि स्वास्थय कार्यालयले सम्मान गरेको थियो । त्यसैबिच कोभिड–१९ रोकथाम र नियन्त्रणमा सक्रियता पुर्व भुमिका निर्वाह गरेको एक्सन अगेन्स्ट हंगर संस्थालाई पनि सम्मान गरिएको थियो । समिक्षा कार्यक्रममा स्वास्थय जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशका बरिष्ठ स्वासथ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद पोख्रेल, प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायतले स्वास्थय क्षेत्रमा अझै सुधार गर्नु पर्ने पक्षलाई सुधार गरि प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न पालिकाका स्वास्थ्य शाखाहरुलाई आग्रह गरेका थिए । कार्यक्रम कार्यालयका मलेरिया इन्सपेक्टर देवीलाल पाैडेलले संचालन गर्नु भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित