राजन कुमार बानिया/पर्सा १४ असोज
नेपाल प्रहरीले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोलबाट अाज बिहान मोटरसाइकलमा लोड रहेको भारी मात्रामा भारतिय कुखुराको चल्ला बरामद गरिको छ। भारतबाट कुखुरा चल्ला तस्करहरुले मोटरसाइकलमा भारतिय कुखुराको चल्ला लोड गरि नेपाल तर्फ भित्रयाई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय जानकिटोलाबाट खटीएका टोलिले ३ वटा मोटरसाइकल सहित ५१ कार्टुन कुखुराको चल्ला बरामद गरेका छन। बरामद भएको मोटरसाइकल भारतीय नम्बर गाडी बिअार २२ एम २२५१ , बिअार २२ एफ ८६९५ , र एउटा नम्बर नखुलेको प्लास्टिना मोटरसाइकल रहेको छ। प्रहरी लको गस्ती देखेर चल्ला तस्करहरुले मोटरसाइकल छोडेर भागन सफल भएको प्रहरीले जनाएका छन। सो ठाउँबाट प्रहरीले मोटरसाइकल समेत बरामद गरेको ५१ कार्टुन भारतिय कुखराको चल्ला करिब ४ हजार रहेको प्रहरीले जनाएका छन। प्रहरीका अनुसार एक कार्टुनमा करिब ८० वटा कुखुराको चला रहेको कुखुराको चला करिब दुई लाख पचास हजार बराबरको रहेको छ। बरामद गरिएको मोटरसाइकल र कुखराको चला ईलाका प्रहरी कार्यालय जान्कीटोलामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता अोमप्रकास खनालले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

