राजन कुमार बानिया/पर्सा १४ असोज
किरण आँखा अस्पताल वीरगंजले बिहिवार निःशुल्क आँखा शिविर समपन्न गरेको छ ।
कृति डेभलपमेन्ट एन्ड स्किल पालीको सहयोगमा आयोजित शिविरमा गर्मि याममा हुने धुलो, धुवा, वायु प्रदुशनलाई मध्यनजर गर्दै आँखा शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष निरज पटेलले बताए । धोबिनी गाउँपालिका ४ लंगडी हेल्थ पोस्टमा आयोजित निःशुल्क शिविरमा १ सय ५ जना आँखाका विरामीले चेकजाच गराएको थियो जसमध्ये ३० जना मोतियाविन्दुका विरामी फेला परेका थिए । कार्यक्रममा डा. सुरज चौधरी, चन्दन सहनी, कमलेस कुमार, अकलेश चौरसियाको टिमले निःशुल्क आखाँ शिविरको चेकजाँच तथा उपचार गरेका थिए
हामीहरुले सहुलियत दरमा अपरेश्न गरिने किरण आँखा अस्पतालले जनाएको छ । निशुल्क आँखा शिविर धोबिनी ४ का वडा अध्यक्ष मजिद मियाको अध्यक्षता भएको थियो। कार्यक्रममा मनु पटेल प्रदीप पटेल, रिना पसवान लागाएतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

