Rashtriya Dainik

गुल्मी मालिका ७ घमिरका युवा १६ दिनपछि जङ्गलमा मृत अबस्थामा भेटिए

मनोज कार्की / असोज १४ गुल्मी – गुल्मीको मालिका गाउँपालिका वडा न ७ घमिर दीर्घका ३१ वार्षिय लेखनाथ पन्थी १६ दिनपछी मृत अवस्थामा फेला परेका छन् । मृत पन्थी दीर्घ नजिकैको गरेङ्ग खोलाको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । उनी भदौ २८ गतेदेखि परिवारको सम्पर्कबाहिर थिए।

स्थानीय जङ्गलमा निउरो टिप्न गएको बेला पन्थीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको मालिका गाउँपालिका वडा न ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जानकारी दिए । वडा अध्यक्ष पन्थीका अनुसार पन्थी शारीरिक र मानसिक रूपमा अशक्त थिए ।

घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित