Rashtriya Dainik

पुसाैलिमा नेकपा एमालेकाे कार्यकर्ता भेला सम्पन्न

महेश यादव ,नवलपरासी / ११ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटी अध्यक्ष ईसरायल हजाम नाउँकाे अध्यक्षता तथा जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य खिमलाल पाेख्रेलकाे प्रमुख अतिथतामा वडा कार्यकर्ता भेला सम्पन्न भएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले नेकपा एमालेले जनताको हितकाे लागि विभिन्न याेजना ,नितिनियम तथा हक अधिकारका लागि काम गरिरहेकाे बताउनुभएको थियो । साथै उहाले नेकपा एमाले सधै जनताको लागि कार्य गर्ने छ र न्याय दिलाउने छ बताउदै नागरिकता पिडितहरुलाई छिटै नागरिकता विधेयक लाएर नागरकिता दिलाउने बताउनुभएको थियो । साथै पार्टीको कार्यकर्ताहरुलाई पार्टि विस्तार गरि पार्टि संगठनलाई बलियो बनाउन अाग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी तथा अतिथिहरुमा सरावल गाउँपालिका वडा नम्बर -६ का वडा कैलाश यादव ,वडा नम्बर -५ का वडा अध्यक्ष दिनेश सहानि , नेकपा एमाले सरावल गाउँपालिका पार्टी अध्यक्ष सुरेश यादव ,पार्टी सचिव देवराज चाैधरी ,जिल्ला परिषद सदस्य पञ्चराम चाैधरी , सुखाडि प्रसाद चाैधरी ,राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य गाेपिचन्द हरिजन, नेकपा एमाले पार्टि कार्यकर्ता सलिम राईन लगाएतले मन्तव्य दिनुभएको थियो । साथै पत्रकार नन्दु यादव , सुरेश यादव ,महेश यादव ,श्यामबदन हरिजन , लगाएतकाे उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन प्रदेश नम्बर -५ का राष्ट्रिय युवा संघका सह संयाेजक श्रीराम गाैडले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित