Rashtriya Dainik

काेभिड १९ , अाकस्मिक स्वास्थ्य तथा प्रकाेप जाेखिम ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण

उमेश बि.क / नवलपरासी , ११ असाेज

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ मा काेभिड १९ , अाकस्मिक स्वास्थ्य तथा प्रकाेप जाेखिम ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

यनाइटेड मिसन टु नेपालको सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा वडा नम्बर ५ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

अभिमुखिकरण कार्यक्रममा काेभिड १९ बाट बच्ने उपाय, माहामारीकाे परिचय ,माहामारीबाट बच्ने उपाय ,वातावरणकाे महत्त्व ,जलवायु परिवर्तन लगाएतकाे विषयवस्तुमा प्रशिक्षण गरिएको रिकाेप परियोजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे।

२० जना सहभागीता रहेको तालिमकाे प्रशिक्षण सुनवल नगरपालिका वातावरण विज्ञ खेमराज अवस्थिले गर्नुभएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित