Rashtriya Dainik

कांग्रेसको नगर अधिवेशन : रामग्राममा कण्डेल पक्षको क्लिन स्विप

राष्ट्रिय दैनिक / नवलपरासी ,११ असाेज

नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीमा जारी नगर अधिवेशनमा रामग्राम नगरपालिकामा देबेन्द्रराज कण्डेल पक्षको उम्मेद्धार बहुमतले निर्वाचित भएका छन् ।

निकै रस्साकशी रुपले भएको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी उमाशंकर श्रीवास्तवलाई ८२ मतको मतान्तरले पराजित गर्दै श्रीधर बस्याल विजयी भएका हुन्।

बस्यालले १९७ मत प्राप्त गर्दा श्रीवास्तवले ११५ मत मात्रै प्राप्त गरेका थिए। निर्वाचनमा बस्यालको पुरै प्यानल नै विजयी भएका छन्।

सभापतिमा श्रीधर बस्याल , उपसभापतिमा नाथु यादव र प्रदिप कुमार खड्का ,सचिवमा चाैथि प्रसाद काेहार र बिकास घिमिरे , सहसचिवमा शुभास ज्ञवाली र सन्दिप अग्रहरी अत्यधिक मतान्तरले बिजयी हुनुभएको छ। साथै नगर सदस्यहरुमा बस्याल प्यानल विजयी भएका हुन ।

काग्रेस पश्चिम नवलपरासीमा विक्रम खनाल र देवेन्द्र राज कंण्डेलको दुई गुटमा प्रतिस्पर्धा रहेको थियोे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित