Rashtriya Dainik

स्थानीय भोजपुरी भाषामा लिखित पाठ्यपुस्तकको लोकार्पण कार्यक्रम हुने

ज्ञानेश्वर उपाध्याय ,मर्चवार , असोज १०
स्थानीय भोजपुरी भाषा लिखित कक्षा १ को विद्यार्थीको अध्ययन र अध्यापनको लागि हमार भाषा पाठ्य तथा कार्यपुस्तकको लोकार्पण कार्यक्रम हुने भएको छ । लुम्बिनी प्रदेशको रुपन्देही र नवलपरासीमा प्रयोग हुने लगभग ६५% जनताको स्थानीय भाषा भोजपुरी रहेको अवस्थामा रुपन्देहीको गैडहवा गाउपालिकाले स्थानीय भाषामा पठनपाठन गराउने उद्देश्यले सो लोकार्पण कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ । सो कार्यक्रम आउने असोज ११ गते बिहान ११ बजे रिभर साइड रेस्टुरेन्ट सुर्यपुराको सभाहलमा सम्पन्न हुने साथै उक्त कार्यक्रममा भोजपुरी भाषाका अभियानकर्ता तथा साहित्यिक ,लेखक शिवनन्दन जयसवालद्वारा रचित गमकी अगनवा एल्बमको समेत लोकार्पण कार्यक्रम रहेको भनी आयोजकले बताएका छ्न । उक्त पाठ्यपुस्तक शैक्षिक सत्र २०७८ मा लागू गरिने भएकोले सो कार्यक्रमको आयोजना गरिएको र यसले हाम्रो भोजपुरी भाषाको उत्थान र संरक्षण समेत हुने भनी आयोजकले जानकारी दिएका हुन । हामीसंगको कुराकानीमा भाषा आयोगले लुम्बिनी प्रदेशमा स्थानीय कामकाजको भाषामा भोजपुरी भाषालाई न समेटी अवधी र थारु भाषालाई मात्रै सिफारिस गरेकोमा स्थानीय तहमा नै भोजपुरी भाषामा पठनपाठन गरिने योजनाका साथ यो कार्यक्रममा सबै भोजपुरी भाषा भाषीहरुको निमन्त्रणा समेत रहेको कार्यक्रममा लोकगित र संगितको प्रस्तुति रहने भोजपुरी भाषाका अभियन्ता शिवनन्दन जयसवालले बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित