ज्ञानेश्वर साहनी/नवलपरासी/०८असोज
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका,पाल्हीनन्दन गाउँपालिका,सरावल गाउँपालिका ,प्रतापपुर गाउँपालिका तथा सुस्ता गाउँपालिका भित्र एन.सी.एल (Ncell) र नमस्ते (Namaste) मोबाइल नेटवर्क केहि दिन देखि अवरुद्ध रहेको कारणले गर्दा प्रयोगकर्ताहरूलाई धेरै समस्या भएको छ ।

एन.सी.एल र नमस्तेको नेटवर्क अवरुद्ध हुँदा फाेन न लाग्ने,नेट न चल्ने ,फोन लाग्दा आवाज नआउने लगायत अन्य समस्याहरू आएको स्थानीयहरूले गुनासो गरिरहेका छन् ।

एन.सी.एल र नमस्ते सिम प्रयागकर्ताहरूले काल सेन्टरमा पटक पटक फोन गरेर पनि समस्या समाधान नभएको जानकारी गरेका छन । सामाजिक सञ्जालहरुमा प्रयोगकर्ताहरुले आफ्नो गुनासो पोखी रहेका देखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

