Rashtriya Dainik

दशैंको रौनक, मूर्तिकार कम्मर कसे

संजय कुशवाहा / नवलपरासी ८ असोज

नजिकिदै गरेको दशैको लागि यहाँका मुर्तिकारहरु मुर्ति बनाउनमा ब्यस्त छन । असोज २९ गते मनाइने विजया दशमीको अवसरमा यहाँका मुर्तिकारहरु मुर्ति बनाउँनमा दिनरात लागिपरेका छन ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीका निवासी लक्ष्मण सहानी केही महीना पहिलेदेखि नै माता दुर्गाको मुर्ति बनाउनमा लागिपरेका छन ।
सानै उमेरदेखि विभिन्न देवी देवताको मुर्ति बनाउन कला रहेको सहानीले अहिले दशैको लागि माता दुर्गा , सरस्वती ,लक्ष्मी ,कार्तिक र गणेश जीको मुर्ति बनाउँन दिनरात कम्मर कसेर लागिपरेका छन् । मुर्ति बनाउने सीपबाट उहाँ मौसम अनुसार घरमै बसेर राम्रो आम्दानी समेत गर्दै आएका हुनन् ।
उहाँमा कृष्ण जन्मष्टमी , विश्वकर्मा, बडा दशै , लक्ष्मी र सरस्वति पुजा सहित विभिन्न समयमा देवी देउताको मुर्ति बनाउन कला रहेको छ । उहाँ मौसम अनुसार विभिन्न मुर्ति बनाउने कार्यमा सक्रिय हुने गरेको र सो बाट राम्रो आम्दानी गर्दै आएको बताए । उहाँ सानै उमेरदेखि विभिन्न कलात्मक मुर्ति बनाउने सीप सिकेको तथा समय अनुसार मुर्ति बनाएर वार्षिक ३ लाख देखि ४ लाख सम्म आम्दानी समेत गर्दै आएका छन ।

उहाँ जस्तै सोही गाउँपालिका वडा न.७ का मुर्तिकार चन्द्रप्रसाद हरिजन पनि माता दुर्गाका मुर्ति बनाउन दिनरात लागिपरेका छन् । उहाँ पनि सानै उमेरदेखि माटो र सिमेन्टबाट पक्की मुर्ति लगायत विभिन्न कलात्मक मुर्ति बनाउँदै आएको बताउँदै समय अनुसार विभिन्न देवी देउताको मुर्ति बनाएर राम्रो आम्दानी गर्दै आएको बताए ।
सुस्ता गाउँपालिका वडा न.२ का गजिन्द्र हरिजन पनि सानै उमेरदेखि विभिन्न देवि देउताहरूको मुर्ति बनाउन लागिपरेका छन । उनी भन्छन् कि अरू चाडपर्वमा मुर्तिको मागकम हुन्छ र यो दशैको बेला मुर्तिहरूको माग धेरै भएका हुनाले मुर्तिहरू बनाउनको लागि रातदिन एकाएक भएको छ । यो साल पानी पर्दै गरेकोले प्रशस्त घाम नहुनाले बनाएका मुर्तिहरू सुखाउन धेरै दिन लागिरहेको छ । मुर्तिहरू राम्रोसँग सुकेन भने मुर्ति माथि कलर गर्दा धेरै कठिनाइ हुन्छ भने मुर्तिकरहरू चिन्चित बनेका छन् ।

घटस्थापना अर्थात नवरात्र नजिक्दै गर्दा जिल्लाका ग्रामीण भेगहरूमा स्थापित रहेका विभिन्न देवी देवताका मन्दिर र विजया दशमीको उपलक्ष्यमा मुर्तिहरू स्थापना गर्ने ठाउँहरू सफा गरि सजावट कार्य तिब्र रुपमा भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित