नन्दु यादव / असाेज ७पश्चिम नवलपरासी
पश्चिम नवलपरासीमा जनता समाजबादि पार्टी नेपालले सगठन सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई धमाधम अगाडि बढाईरहेकाे छ। विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रममा जिल्ला देखि केन्द्रीय दर्जाका नेताहरु निकै सक्रियताका साथ नवलपरासी मा लागि परेका छन।दिनहु नेताहरु कार्यकर्ताहरुलाई अाफ्नाे पार्टि तर्फ रिझाउन निकै रस्साकस्सि गरिरहेका छन ।यसैगरि अाज सरावल गाउपालिका वडा न ६ रामपुर खडौनामा वडा स्तरीय भेला गरि अभिमुखिकरण तथा पार्टि बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ।
स्थानिय समाजसेवी धिरेंद्र चौधरी काे अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरीकाे प्रमुख अतिथ्यता र ज.स.पा का केंद्रीय सदस्य सुरेंद्र कुमार पटेल काे विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे जसपा नवलपरासी ले जनाएकाे छ ।कार्यक्रम मा दिवाकर यादवकाे स्वागत मन्तब्य रहेकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले नेपाल मा बसाेबास गरिरहेका मधेशी ,थारु, दलित ,मुस्लिम जातिहरुले अझै पनि नेपालकाे सबिधानबाट हकअधिकार पाउन नसकेकाे गुनासाे गर्नु भयाे ।संविधान नै ससाेधन गरिनुपर्ने भन्दै हामि लामाे समय देखि सडक र सदनमा अावाज उठाउदै अाईरहेका छाै तै पनि सरकारले कुनै पनि मागप्रति चासाे नदिएकाे ले अबकाे देश निकास का लागि सबैले जनता समाजबादी पार्टी मा अाबध्द भई निर्वाचन मा देशकाे पहिलाे पार्टि बनाउनु पर्ने अावश्यकता रहेकाे वहाले बताउनु भयाे ।जबसम्म जसपाले देशकाे नेतृत्व गर्दैन तब सम्म हाम्राे देश काे बिकास हुन सक्दैन वहाले जिकिर गर्नु भयाे ।यसकारण अब सबै अामनागरिकहरु अाअाफ्नाे ठाउबाट एकजुट हुन सबै कार्यकताहरु लाई अाग्रह गर्नु भयाे ।यसै गरि कार्यक्रम बाट धिरेन्द्र चाैधरीकाे सयाेजकत्वमा २१सदस्यीय वडा कार्यसमिति सन्दिप कुमार पटेलकाे सयाेजकत्वमा ११सदस्यीय जसपा युवा समिति चन्दा चाैधरीकाे सयाेजकत्वमा ११सदस्यीय जसपा महिला समिति गठन गरिएकाे छ ।कार्यक्रम लाई जसपा युवा सघ कि केन्द्रीय सदस्य भिसाखा चाैधरीले सन्चालन गर्नु भएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

