Rashtriya Dainik

सियारीमा अनेम सघको गाउँपालिकास्तरीय सम्मेलन

तुलसी राम पौडेल
सियारी, असोज ७
अखिल नेपाल महिला संघ (अनेमसघ ) सियारी गाउँपालिका रुपन्देहीको गाउपालिका स्तरीय सातौं गाउसम्मेलन कार्यक्रम सम्पन्न भयो ।पालिकास्तरीय अखिल नेपाल महिला संघको सम्मेलनले निरु थापाको अध्यक्षतामा गाउपालिका स्तरीय अखिल नेपाल महिला संघ सियारी गाउपालिका सर्वसम्मत गठन भएको छ।जसको उपाध्यक्षमा देवकी खरेल ,सचिवमा कालिन्दा थारु ,सहसचिवमा सिता भट्टराई ,कोषाध्यक्षमा गोमा दाहाल ,सदस्यहरुमा शुसिला परियार ,सरिता केसी ,कोइली थारू ,शुसिला मुराउ ,गुडिया केवट,लक्ष्मी थारु ,सिमरन केवट ,मिना भण्डारी ,मिरा केसी ,सुमन खरेल भण्डारी ,तिला पराजुली ,उमा थारू ,राधा विक ,कमला सापकोटा ,पवित्रा क्षेत्री र बिष्णु क्षेत्री सर्वसम्मत रूपमा चयन भएका छन् ।
इन्दिरा अर्यालको अध्यक्षता, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश पार्टी कमिटी सचिवालय सदस्य एवं बुनपा उपमेयर गोमा आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेम संघ केन्द्रिय सदस्य लक्ष्मी कोइराला ,अनेम संघ जिल्ला सदस्य ममता पौडेल ,अनेम संघ केन्द्रिय सदस्य एवं अनेम संघ रुपन्देही इन्चार्ज पम्फावती खनाल ,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य गङ्गा कार्की ,अनेम संघ केन्द्रिय सदस्य एवं सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवं सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारू ,पार्टी जिल्ला कमिटी सदस्य रामजी सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
अनेम संघ जिल्ला कमिटी सदस्य हुमकान्ती भुर्तेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन निरु थापाले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित