नेपाली कांग्रेस सरावल पालिका सभापतिमा पुन बिनाेद पाण्डेयले उमेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने पालिका र नगर समितिको निर्वाचनको लागि हालका सभापति समेत रहेका बिनाेद पाण्डेयले पुन सभापतिको लागि उमेदवारी घोषणा गरेका हुन् ।
पाण्डेयसँगै सोही प्यानलबाट उप सभापतिमा महेन्द्र चाैधरी र शिवनाथ तिवारी , सचिवमा सन्जय चाैधरी र राजु यादव, सहसचिवमा रिता कुमारी चाैधरी र फिराेज खाँले पनि आफ्नो उमेदवारीको घोषणा गरेका छन् ।
अाफ्नाे उमेदवारी घोषणा गर्दै पाण्डेयले कांग्रेसको नेतृत्व युवाहरुले गर्नुपर्ने अहिलको आवश्यकता बमोजिमनै आफुहरुले उमेदवारी दिएको बताए । उनले आफ्नो जिवनको उर्जासिल समय राजनितिमानै लागेर सेवा गर्ने सोच रहेको र पार्टीलाई एकताबद्ध गरेर अब आउने चुनावमा पहिलो नं.को पार्टी बनाएर लैजान सबैको हातेमालो आवश्यक रहेका जिकिर गर्दै त्यसको लागि आफु सक्षम भएकाले पनि उमेदवारी दिएको धारणा ब्यक्त गरे ।
उनले आफु सरावल ४ हात्तिवनमा जन्मेको र जन्मसँगै राजनितिको बारेमा बिस्तारै बिस्तारै बुझ्दै जाने माहोल हात्तिवनबाट नै बनेको स्मरण गर्दै आफु सिंगो पार्टीलाई सरावलको सवालमा मिलाएर लान सक्षम पनि भएकाले पनि उमेदवारी दिएको बताए ।
उनले कांग्रेसको १४औं महाधिवेशनमा आफु र आफ्नो प्यानलाई मत दिइ जिताउन आग्रह गर्दै यसले सिंगो सरावल कांग्रेसलाई बलियो र अबको दिनमा १ नं. पार्टी बनाउन मद्दत मिल्ने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

