सन्जु छत्कुली /पर्सा बिरगंज बुधबार ६ गते का दिन नेपाली काँग्रेस पर्साले पर्सा को प्रत्येक पालिका को वाडा कार्यालय मा कर्मचारी खटाएर मतदाता नामावली सँकलन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मर्फत निर्वाचन आयोग लाई ज्ञापनपत्रसमेत बुझाए को छ।
पर्सा जिल्लाको प्रत्येक पालिका को गाउँ गाउँ बाट मतदाता नामावली दर्ता गर्नका लागि प्रतेक दिन हजारौं हजार को सख्यामा आएका मतदाताहरु वीरगंज आएता पनि थोरै संख्यामा मात्रै नामावली दर्ता भएको हुदा मतदाताहरु दिन भरी बसि घर फर्कन बाध्य भएको गुनासो को कारण नेपाली कांग्रेस पर्साले ज्ञापनपत्र बुझाएको बताएका छ्न।

पर्सा को पालिका बाट आएर दर्ता नगराई रितै फर्कन वाध्य भईरहेको को कारण नेपाली कांग्रेस पर्साको गम्भीर ध्यानाकर्षण गराउदै यथा शिघ्र कर्मचारी खटाई मतदाता नामावली संकलन गर्न आग्रह गरेको ज्ञापनपत्रमा जनाएको छ ।
उक्त् कार्यक्रम मा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विबेदीको अध्यक्षता मा जिल्ला सचिवहरु किसोरी साह कानु,श्याम पटेल तेस्तै सह सचिवहरु किरण सरकार, रोसन्लामिछाने र जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव, मो साहबुद्दिन,अरबिन्द गुप्ता, बिध्या श्रेष्ठ सथै पर्साका धेरै नेताहरु रहेको नेपाली कांग्रेस पर्सा का सचीव श्यम पटेलले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

