Rashtriya Dainik

मनोसामाजिक समस्या र सहयोग शिक्षाबारे सचेतना बढाउने सहजकर्ताहरुको प्रतिबद्धता

कपिलवस्तु, असोज ६

कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले बालबालिकालाई मनोसामाजिक समस्या भएकालाई सहयोग गर्ने प्रतिबद्ध रहेको जनाएका छन् ।

कपिलवस्तु र रुपन्देहीका २२ जना सहजकर्ताको सहभागिता रहेको बालविकास तथा शिक्षा सिकाई केन्द्रका सहजकर्ताका लागि मनोसामाजिक सहयोग, लैङ्गिक हिंसा तथा बाल संरक्षण सम्बन्धि तीन दिवसीय तालिमका सहभागी सहजकर्ताले सो प्रतिबद्धता गरेका छन् ।

युनिसेफ नेपालको प्रविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा इँटा उद्योगका सहजकर्ताका लागि तालिम आयोजना गरिएको छ । तालिममा सहभागी सहजकर्ताले बालबालिका र अभिभावकलाई मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण र लैङ्गिक हिंसा बारे सचेत नगराईएकै कारण बालबालिका जोखिममा पर्ने गरेको बताए ।
तालिममा सिकेका सुचना जानकारी व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको सहजकर्ता लिलादेवीको बुझाई थियो । तालिममा मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण, लैङ्गिक हिंसा न्यूनिकरण, तनाव व्यवस्थापन, घटना व्यवस्थापन र सहयोग प्रणाली स्थापना लगायतका बिषयवस्तुमा मनोविमर्शकर्ता शान्ति पण्डितले सहजीकरण गर्नुभएको थियो ।
समापन सत्रमा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे तथा कार्यक्रम अधिकृत अजय चौधरीले कार्यक्रमको सफलता र कार्यान्वन बारे शुभकामना मन्तव्य राख्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित