Rashtriya Dainik

मेड नेपालको आयोजना र एसिपफको आर्थिक सहयोगमा अक्सिजन सेट सहित स्वास्थ्य सामाग्री वितरण

देशबन्धु यादव /नवलपरासी
पश्चिम नवलपरासीको ७ वटै पालिका र चालिसवटा स्वास्थ्य संस्थामा मेड नेपालको आयोजना र एसिपफको आर्थिक सहयोगमा अक्सिजन सेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ।
गैर सरकारी संस्था मेड नेपालको आयोजन र एसिएफको आर्थिक सहयोगमा नवलपरासी(पश्चिम ) को सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका, पाल्हिनदन गाउँपालिका ,सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका र रामग्राम नगरपालिका त्यस्तै नवलपरासी (पूर्व ) को बिनयी त्रिवेणी गाउँपालिकाका साथै चालिसवटा स्वास्थ्य संस्थामा सर्जिकल मास्क,ग्लोब्स ,हैण्डवास,सेनिटाईजर , सोह्र थान अक्सिजन सिलेण्डर सेट र पांच वटा पालिकामा एक-एक सेट अक्सिजन कन्सेटेटर वितरण गरिएको मेड नेपालक टीम लीडर शैलेष आचार्य बताए।
एसिएफका पशुपति गौड ,सुदीक्षा बस्नेत र मेड नेपालका सामाजिक परिचालक शिशुपाल कुश्वाहाको सहजीकरण उक्त स्वास्थ्य सामाग्री वितरण गरियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित