अर्जुन शाह/काठमाडौं/भाद्र ४
राष्ट्रिय बाल दिवसकाे अवसरमा वर्ल्ड विजन इन्टरनेशनलको सहयोगमा र कन्सोर्टियम नेपालद्वारा कोभिड हिरोज सम्मानका लागि ८ छनाैट भएका छन् ।
बालबालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा गरेको योगदानको कदर गर्दै देश भरीका बालबालिका मध्य मूल्यांकन गरी सम्मान गरिने भएको छ।
जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाहले कोभिडमा रक्तदान कार्यक्रम कोभिड विरुद्धको खोप महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए,मास्क तथा अन्तराष्ट्रिय हात धुने दिवशमा सहकार्य र समाचार संवादाता भएकाले कोभिड सम्बन्धी जानकारी लिन खटेका थिए।
त्यस्तैमा धनकुटा जिल्लाका समग्र राष्ट्रिय किशोरी सञ्जालका सदस्य अनिशा रूचल,बझाङका विजयराज जोशी, काभ्रेका गंगा गौतम, धनकुटामा रवि पौडेल, नवलपुरका रेजिना मगर, सिन्धुलीका स्वस्तिक बख्रेल र उदयपुरमा मानिस कार्कीका लगायतले कोभिड हिरोजको रुपम सम्मान सहित पुरस्कार पाउने भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

