Rashtriya Dainik

आठौँ राष्ट्रिय परिवार नियोजन दिवस नवलपरासी लगाएत देशैभर विविध कार्यक्रम

रामु भुसाल ,नवलपरासी /२ असाेज

कोभिड १९ को महामारी, परिवार योजना सेवामा सबैको पहुंच बराबरी, भन्ने मुल नारा सहित आठौँ राष्ट्रिय परिवार नियोजन दिवस नवलपरासी लगाएत देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । यसैबीच, अस्ट्रेलियन एडको आर्थिक सहयोग र युनाइटेट मिसन टु नेपाल तथा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरको साझेदारीमा सञ्चालित एकिकृत ग्रामिण समुदाय स्वास्थ्य परियोजना अन्र्तगत प्रतापपुर गाउपालिकाको आयोजनामा खोप र परिवार नियोजनको एकिकृत सेवा विस्तार उद्घाटन कार्यक्रम प्रतापपुर स्वास्थ्य चौकी परिसरमा शनिबारसम्पन्न भएको छ । प्रतापपुर स्वास्स्थ्य शाखाका निमित्त शाखा प्रमुख विनोद कुमार कोहारको अध्यक्षता तथा मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका सवस्थ्यकर्मी र सरोकारवालाहरुलाई कार्यक्रम कसरी सञ्चालन गर्ने, तथ्यांकलाई अध्यावधिक कसरी गर्ने विषयमा सहजिकरण समेत गरिएको थियो । प्रतापपुर गाउपालिकाबाट एकिकृत परिवार नियोजन सेवा सञ्चालनका लागी दिवसको अवसर पारेर सो सेवा उद्टान गरिएको छ । परियोजनाले प्रतापपुरको गुठिसुर्यपुरा र बैदौलीका दु्ई वटा स्वास्थ्य चौकी र पाल्हीनन्दनको हरपुर स्वास्थ्य चौकीका खोप कार्यकर्ता र स्वास्थ्यकर्मीहरुलाई यस अगावै तालिम प्रदान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित