Rashtriya Dainik

प्रहरी उपरीक्षक पाण्डेको नाम बदनाम गर्दै प्रहरी सहायक निरीक्षक सिंह ः स्थानीय

रन्जित चाैरसिया/पर्सा, २ असोज ÷ नेपाली नागरिकको जिउ ज्यान तथा शान्ति सुरक्षाको निम्ति खटाइएका नेपाल प्रहरीले नै लुटतन्त्र मचाएको सुन्दा जो कोहीलाई पनि आश्चर्य लागेर आउन सक्छ । तर आजको युगमा यो घटना कुनै नौलो कुरा नभई बिभिन्न ठाउहरुमा घटदै आएको घटना झै पर्साको अमरपटीमा घटेको हो ।
प्रहरी चौकी अमरपटीमा कमाण्ड सम्भालेका प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह आए दिनदेखि नै स्थानीय जनताको सुरक्षा गर्नुको साटो आफ्नो वर्दी र पावरको धाक देखाउदै स्थानीयलाई डराउदै धमकाउदै आएको स्थानीयहरुले बताएका छन । स्थानीयहरुका अनुसार प्रति दिन साझ मदिरामा धुत रहेका प्रहरी सहायक निरीक्षक सिंहले आफ्नो क्षेत्रमा गस्ति गर्दा समेत स्थानीय जनतालाई डराउदै धम्काउदै अपशब्द प्रयोग गर्दै हिडने गरेको बताए ।
आफु जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाबाट आएको धाक धम्की दिदै स्थानीयलाई त्रसित बनाउने कार्य गर्दै आएको स्थानीय जनताको दुखेसो छ । क्राइम शाखाको नाम लिदै अमरपटी नाकाबाट व्यापक रुपमा तस्करीको लाइन सुचारु गरेका छन । आफुहरु घर बाहिर भएको बेला स्कटिङमा समेत हिडने प्रहरी सहायक निरीक्षक सिंहले आफुहरुलाई डराई धमकाई भगाउने गरेको बताए । सुरक्षाकर्मी आफ्नो जनताको पक्षमा हिडनु पर्ने ठाउमा तस्कर संगठनको इशारामा हिडदा पर्सा प्रहरी के कति इमान्दार रहेको बिषय छर्लङ भएको स्थानीयले दुखेसो पोखे ।
स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे एक असल प्रहरी उपरीक्षकको रुपमा चिनिएपनि यस्ता गतिविधिलाई बढावा दिने केही भ्रष्ट प्रहरीले गर्दा उनको नाम बदनाम हुन थालिएको बताएका छन । यस्ता गैर जिम्मेवार तरिकाले कार्य गर्ने प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह जस्ता भ्रष्ट प्रहरीलाई प्रहरी उपरीक्षक पाण्डेले समयमै लगाम नलगाए आउने दिनमा प्रहरी उपरीक्षकको नाम समेत बदनाम हुन बेर नलाग्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित