Rashtriya Dainik

भुजहवामा जसपा नेपालकाे अभिमुखिकरण तथा बिस्तार कार्यक्रम

नन्दु यादव / असाेज १ नवलपरासी

पश्चिम नवलपरासीमा अहिले जनता समाजबादि पार्टी नेपालले अहिले जिल्लामा पार्टि सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढिरहेकाे छ ।विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रम मा नेताहरु निकै सक्रियताका साथ लागिपरेका छन ।यसै गरि अाज सरावल गाउपालिका वडा न ७भुजहवामा पनि जसपा नवलपरासी ले अभिमुखिकरण तथा पार्टि बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ ।स्थानिय देवेन्द्र यादवकाे अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे जसपा नवलपरासी का नेता मदन यादवले जानकारी दिनुभयाे ।कार्यक्रम जसपाका नेता हरिलाल यादव ,सुबासचन्द्र यादव ,ईन्दकमल यादव ,मदन यादव लगायतले पार्टि बिस्तार बारे अा-अाफ्नाे धारणा ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरी ले मधेशी ,थारु ,मुस्लिम, दलित पिछडाबर्ग काे हक अधिकार स्थापितका लागि बर्षाै देखि जसपाले लडाई गर्दै अाएकाे र हकअधिकार स्थापित कम लागि लडाई गर्न सधै तयार रहेकाे ले सबै समुदायका अाम जनता एक जुट भईअगाडि बढनुपर्ने कुरामा जाेडदिनु भयाे।अझै पनि मधेसमा रहेकाे जनसंख्या काे अाधारमा अारक्षण ,सरकारमा सहभागिता,बजेट बिनियाेजन चाहे अनुसार नभएकाे जिकिर गर्नु भयाे ।०६२/६३काे मधेश अान्दाेलनले गरेकाे उपलब्धिहरुलाई सस्थागत गर्न सबै यकजुट हुनुपर्ने बताउनु भयाे । कार्यक्रम बाट देबेन्द्र यादवकाे अध्यक्षतामा २३सदस्यीय सरावल गापा वडा न ७काे वडा कार्यसमिति समेत गठन गरिएकाे छ ।जसकाे उपाध्यक्ष मा सन्ताेष पाण्डे,सचिवमाप्रदिप यादव सहसचिवमा राधे हरिजन ,काेषाध्यक्षमा सघुरा देबी गुप्ता सहकाेषाध्यक्षमा प्रहलाद यादव सदस्य मा बनारसि यादव ,गगा केवट ,बसन्तकेवट ,ठाकुर हरिजन टुवर हरिजन लगायत रहनु भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित