सेकेन्ड KWF नेपाल क्योकुशिन कराते क्याम्प ट्रैनिङ (2nd KWF Kyokushin Karate Camp Training) सम्पन्न भएको छ । मिती ०७८/०५/२५-३१ गते सम्म चैनपुर बझाङमा ७ दिने क्याम्प ट्रैनिङ सम्पन्न भएको छ । कोरोना भाइरस कोभिडलाई मध्यनजर गरी बिभिन्न जिल्लाका डोजो शाखा प्रमुख प्रशिक्षक र ब्ल्याक बेल्ट को परिक्षार्थीलाई गरी जम्मा १४ जनालाई मात्र सहभागी क्याम्प ट्रैनिङ्मा जुनिवर खेलाडीहरुलाई भने सहभागी गरियन । क्याम्प ट्रैनिङ्मा KWF क्योकुशिन करातेको पाठ्यक्रमलाई मध्यनजर गरेर कोच ट्रैनिङको रुपमा हेरियो ।
सहभागी मध्य ११ जना को बेल्ट टेष्ट भयो जसमा २ जना ब्ल्याक बेल्ट 2 डान र ९ जना खेलाडी को ब्ल्याक बेल्ट 1 डान पास गर्न सफल भएका छ्न । आज एक कार्यक्रम का बिच प्रमाण-पत्र वितरण र सहभागी प्रशिक्षक र खेलाडीलाई बिदाइ कार्यक्रम सम्पन्न भएकोछ ।
क्याम्प ट्रैनिङ का प्रमुख प्रशिक्षक नेपाल क्योकुशिन कराते संघ KWF का केन्द्रित अध्यक्ष एबम KWF नेपाल का चिपकोच ब्ल्याक बेल्ट 5 डान पुष्पलाल रोकाया ” ज्वाला गुरु” हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

