Rashtriya Dainik

लोहरौलीमा नि:शुल्क आँखा शिविर सम्पन्न; ६ सय ७० जनाले लिए सेवा

ज्ञानेश्वर साहनी/नवलपरासी/०१ असोज । पश्चिम नवलपरासीको पाल्हिनदन गाउँपालिका वार्ड नं ४ लोहरौली स्थित श्री शिव पार्वती सिद्धधाम मन्दिरमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले श्री शिव पार्वती सिद्धधाम मन्दिर पाल्हिनन्दन-४ को स्थानीय आयोजना तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरमा ६ सय ७० जनाले सेवा लिएको हो।

डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजना तथा डाक फाउण्डेशन पार्टनर फार एक्विटीको आर्थिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।
स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ,६ सय ७० जनाले निःशुल्क उपचार सेवा लिए स्थानीय आयोजक संस्थाका सचिव राजेशमणि पटेलले भने, ‘उपचार सेवा लिने महिला पुरुष गरी ६ सय ७० जना हो आगामी दिनमा थप सेवा दिने संस्था तयार रहेकाे बताए।’

शिविरमा उपचार गराएका मध्ये २७० जनालाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासी लगिने छ ।

कार्यक्रम स्थानीय आयोजक श्री शिव पार्वती सिद्धधाम मन्दिर संरक्षण संस्थाका अध्यक्ष रामनरेश पटेलको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ नवलपरासीको उपाध्यक्ष हरीप्रसाद उपाध्ययको प्रमुख अतिथिकतमा सम्पन भएको हो।

कार्यक्रममा डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीका डाक्टर रमेश राज विष्टको विशिष्ट अतिथिकता, आँखा शिविर टोली प्रमूख नेत्र मगर, पत्रकार ज्ञानेश्वर साहनी, विष्णुपुरा प्रहरि चौकीको हवलदार लगायतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित