असाेज १, नवलपुर । नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेशनमा देवचुलि नगरपालिकाको सचिवमा पुरुषाेत्तम गैरेले उम्मेद्वारी दिएका छन् । युवा नेता तथा समाजसेवी गैरेले भोलि हुन लागेको पालिका स्तरीय महाधिवेशनमा युवा पुस्ताको आवश्यकता रहेको र युवाले देशको नेतृत्व गर्नुपर्छ भन्दै आफूले सचिवको लागि उम्मेद्बारी दिएको बताएका छन् ।
गाउँ गाउँमा सिंहदरबार पुगेको भनिएता पनि जनताहरुको अपेक्षा अनुसार काम नभएको र प्रदेश देखि जिल्ला हुँदै हरेक स्थानीय तह हरुमा युवा नेतृत्वको आवश्यकता भएको देखेको छु-उनले थप्दै भने, वर्तमान परिस्थितिमा नेपाली राजनीति चरम दुर्गन्धित बनेको छ । देशको मान मर्म नभेटीएको र यसको विरोध युवाहरूले गर्नुपर्नेछ । हाम्रो समाजमा देखिएको समस्याका विषयहरुलाई एक एक गर्दै खोजीखोजी अन्त्य गर्नको लागि समेत आफूले उम्मेद्बारी दिएको बताएका छन् ।
गैरे विधार्थि राजनिति गर्दै अघि वढेका गैरे जिल्लामा युवा नेताका रुपमा परिचित छन। देवचुलिमा सचिवकाे उम्मेदवारी गरेका गैरेले विपक्षीसँग डटेर लड्नसक्ने कांग्रेस बनाउन पहिलो उदेश्य रहेको उनले बताए । काङ्ग्रेस भित्र भएका
विकृती र गुटबन्दी हटाउँन समेत आफुले उम्मेदवारी दिएको गैरेले बताए ।
गाउँगाउँमा गएर कार्यकताको चाहना र भावना अनुसार काम गर्ने मेरो प्रतिबद्धता जनाउदै गैरेले अब काङ्ग्रेसको जुनसुकै तहको नेतृत्वमा युबाहरु आउनुपर्ने बताए। आगामी निर्वाचनमा काङ्ग्रेसलाइ जिताउन युबाहरुको आवश्यकता रहेकोले काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा देवचुलि नगरपालिकाको सचिवमा निर्बाचित गराउन गैरेले आग्रह समेत गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

