कार्तिक २५ । पश्चिम नवलपरासीमा प्राविधिक शिक्षा पढेका विद्यार्थीहरले कोरोनका कारण पढाइ वन्द रहेको समयलाई सदुपयोग गर्दै यस क्षेत्रका पशुफर्म तथा पशुपालक किसानहरुको मर्का वुझेर निशुल्क पशु स्वास्थ शिविर सन्चालन गरेका हुन् । उतmा कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिक वडा नः ११ अध्क्षय तिर्थराज फौजदार, विशिष्ट अतिथि डाः शुहेल के सी ,डाः निराज पासवन , बर्दघाट नगरपालिकका पशु अधिकृत भरत लम्साल , पूर्नचन्द्र घिमिरेको। तथा सभापति बर्दघाट प्राविधिक सस्ँथाका अध्क्षय देवेन्द्र घिमिरे र सम्योजक अम्बिका अधिकारी उपस्तिथी रहेको थियो । कार्यक्रम बर्दघाट प्राविधिक सस्ँथा भाइवहिनीहरु द्वारा अयोजना तथा सोही कार्यक्रममा बर्दघाट नगरपालिक द्वारा थुनेलो सम्बन्धी परामर्श तथा थुनेलो रोकथामको औषधी समेत बितरण गरियो । खास गरि भेटनरी पढेका विद्यार्थीहरुले पशुपालनमा देखिने समस्या तथा त्यसको निराकरणको लागी पशुपालककौ घरदैलोमा पुगेका हुन् । पशुफर्ममा पुगेर अनुगमन गरेका विद्यार्थीहरुले फर्मको बनावट, पशुआहार तथा संतुलित आहार दाना लगाएतको वारेमा किसानहरुलाई जानकारी गराएका छन् । त्यस्तै पशुहरुमा समस्याको रुपमा देखिने थुनेलो र प्रजनन समस्या, पशुहरुको लागी लगाइने भ्याक्सीन खोप र त्यसको फाइदाका बारेमा समेत जानकारी गराई लिभरटोनिक,भिटामिन,पखाला र जुकाको औषधी बितरण गरेका हुन् । साथै गाई, भैँसी,बाख्राको गोबर परिक्षणमा ५० ओटा सेम्पाल ७० प्रतिशत ३५ जनाम परजिवी भेटिएको लाई औषधी समेत बितरण गरियो । फर्म तथा पशुपालकको घरदैलोमै पुगेपछि पशुपालकहरु पनि खुसी भएका छन् । प्राविधिक पहुँच नभएको अवस्थामा प्राविधिक विद्यार्थी भाइवहिनी आएर सल्लाहा सुझाव दिदाँ आफुहरुलाई खुसि लागेको र सल्लाहा सुझावबाट प्रोत्साहन मिल्नुका साथै उत्पादनमा समेत सहयोग पुग्ने पशुपालक टोप नारायण चौधरीले बातउनु भयो । पशुपालन क्षेत्रमा प्राविधिक शिक्षा पढेका विद्यार्थीहरुले वन्दवन्दीको समयमा कृषकको घरदैलोमै पुगी पशुपालन समवन्धी प्राविधिक जानकारी दिनुको साथै पशुपालन क्षेत्रमा लाग्नेहरुको लागी हौसला प्रदान गरे । कार्यक्रम सन्चालन विश्वास घिमिरे गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।