Rashtriya Dainik

रामग्राम र पाल्हिनन्दन प्याब्सनको अध्यक्षमा बलिराम र सुरेश सिंह निर्वाचित

रंजीत शर्मा/नवलपरासी/ ३१ भाद्र ।

पश्चिम नवलपरासीको रामग्राम र पाल्हिनन्दन प्याब्सनको दोस्रो अधिवेशन कार्य समिति चयन गर्दै सम्पन्न भएको छ।

प्याब्सन रामग्रामका निवर्तमान अध्यक्ष अभिनाश रेग्मीको अध्यक्षता तथा प्याब्सन नेपालको पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सल्लाहकार सुमन गोपाल आचार्यको प्रमुख अतिथिकतामा सम्पन भएको छ।

अधिवेशनबाट रामग्राम प्याब्सनको अध्यक्षमा पाराडाइज़ इंग्लिश स्कूलमा प्रधानध्यापक बलिराम यादव,सचिवमा भगौती यादव ,कोषाध्यक्षमा जनार्दन ठाकुर चयन भएका छन् भने पाल्हिनन्दन प्याब्सनको कार्यवाहक अध्यक्षमा सुरेश सिंह , सचिवमा सञ्जय साहनी, कोषाध्यक्षमा अजय चौधरी, सदस्य कमलेश माली चयन हुनु भएको छ।

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सचिवालय सदस्य यम बहादुर थापा, प्याब्सन नवलपरासीका वरिष्ठ उपाध्यक्ष राधेरमण पाण्डे,प्याब्सन नवलपरासीका उपाध्यक्ष तथा प्रमूख सल्लाहकार घुरहु यादव , डम्बर बहादुर गुरुङ, सुनवल प्याब्सनका अध्यक्ष कृष्ण शर्मा ,बर्दघाट प्याब्सनका अध्यक्ष, विभिन्न सामाजिक संस्थाका प्रमूख तथा प्रतिनिधि , विभिन्न मिडियाका सञ्चारकर्मी लगायत उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित