Rashtriya Dainik

सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला

ज्ञानेश्वर सहानी /नवलपरासी / ३१ भदौ ।

पश्चिम नवलपरासीको सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिको वडा न.४ नर्सही स्थित नारायणी नदिको ठोक्कर न १३ र १४ को बिच नारायणी नदिको छेउमा मृत गैंडा स्थानीयले देखेपछि नर्सही प्रहरी र बन कार्यालयमा खबर गरी नियन्त्रणमा लिएको छ ।

मृत रहेको भाले गैंडालाई सशस्त्र सुरक्षा शाखा क्याम्प बडेरा पश्चिम नवलपरासीमा पठाएको सब बन डिभिजन कार्यालय प्रतापपुर सुस्ताका निमित्त प्रमुख चीन बहादुर यादवले जानकारी दिएका छन् । निमित्त प्रमुख यादवको अनुसार सो गैंडा बृद्धअबश्था भएको कारणले पानीले बगाएर मृत भएको हुन सक्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित