Rashtriya Dainik

पश्चिम नवलपरासीको बर्दघाट ४ का बाढिपिडितलाई विहिबार खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरियो

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किडार्क नेपाल स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग र एक्शन एड नेपालको प्राविधिक सहयोग तथा एष्ट्रोम फाउडेशन एबिसि नेपालको सहकार्यमा बाढि प्रतिकार्य परियोजना अन्र्तगत विहिबार बर्दघाट ४ का बाढिपिडितहरुलाई खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरिएको छ । बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य लुकुणी चमारको अध्यक्षता तथा किर्डाकका परियोजना समयोजक कृष्ण रावलको आतिथ्यतामा सम्पन्न राहत वितरण कार्यक्रममा परियोजनाको उदेश्य तथा कार्यक्रमको बारेमा परियोजना समयोजक रावलले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा शिवा स्मृति टोल विकास सस्थाका अध्यक्ष रमेश ज्ञवली लगाएतका वक्ताहरुले मन्तब्य राख्दै परियोजनाले यस बाढि प्रभावित क्षेत्रमा आई पिडितहरुलाई अति आवश्यक समाग्री सहित खाद्यान्न सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रममा गत भाद्र महिनामा परेको अविरल बर्षाका कारण डुबानमा परेको तथा बाढि प्रभावित बर्दघाट ४ को स्मृति टोलका एक सय घर परिवारलाई चामल, दाल, नुन, चिनि, तेल, चिउरा, त्रृपाल, बाल्टी, जग, फिलेन, सिनेटेरि प्याड, मास्क, सेनिटाइजर, साबुन लगाएत १६ प्रकारका प्रति घरपरिवारलाई ७ हजार ५ सय ७६ रुपिया ५० पैसा बराबरको समाग्रीहरु वितरण गरिएको परियोजनाका जिल्ला समयोजक विश्वराज लामिछानेले जानकारी दिनुभएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्थानिय समाजसेवी, परियोजनाका कर्मचारी, सहयोगी सस्थाका प्रतिनिधि, पत्रकार लगाएत बाढि प्रभावित परिवारको उपस्थिती रहेको थियो । परियोजनाले बुधबार मात्रै नवलपरासी पुर्व हुप्सेकोट गाउपालिकामा बर्षाका कारण खसेको पहिरो पिडित एक सय घरपरिवारलाई सोही बराबरको समाग्री वितरण गरिसकिएको र आगामी दिनमा सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा समेत वितरण गर्ने योजना रहेको समयोजक लामिछानेले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित