महेश यादव, नवलपरासी / २९ भदौ
राष्ट्रिय बालदिवस २०७८ को अवसरमा जिल्ला स्तरीय मा.वि. तह कविता प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बाल सङ्गठनको आयोजना तथा सरावल गाउँपालिका ,पाल्हिनन्दन गाउँपालिका , प्रतापुपर गाउँपालिकम ,सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका , सुनवल नगरपालिका , रामग्राम नगरपालिकाकाे संयुक्त सहयोग र सहकार्यमा जिल्ला स्तरीय मा.वि. तह कविता प्रतियोगिता सम्पन्न भएको हो ।
सामान्य अवस्था र कोभिड महामारी बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी भन्ने नाराको साथ अायाेजना गरिएको जिल्ला स्तरीय मा. वि तह कविता प्रतियोगितामा कोरोना संक्रमण र बालबालिकाको भोगाई विषयमा विद्यार्थीहरू कविता वाचन गरेका थिए ।

नेपाल बाल सङ्गठनका सभापति पृतम पौडेलको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायकाे प्रमुख अतिथतामा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता सम्पन्न भएको थियो ।
जिल्ला स्तरीय मा. वि तह कविता प्रतियोगितामा प्रथम हुने महाकवि देवकोटा मा.वि. सुनवलकी सरिन भण्डारी, द्वितीय: अन्नपूर्ण सेकेन्डरी स्कुल सुनवलकी रिषा भट्टराई र तृतीय राजमहात्मा पूर्ण भद्र मा.वि. बर्दघाटकी आरती पाण्डे तृतीय भएको प्रतियोगिताकाे निर्णयक संयाेजक एवम् विश्व साहित्य प्रतिष्ठानका जिल्ला अध्यक्ष दिपक बरालले जानकारी दिनुभएको हाे ।
प्रथम हुनेलाई पाँचहजार, प्रमाणपत्र शिल्ड, द्वितीय तीन हजार संगै प्रमाणपत्र शिल्ड र तृतीयलाई दुईहजार प्रमाणपत्र शिल्ड पुरस्कार बितरण गरिएको संगठनका कोषाध्यक्ष रिंगला यादवले जानकारी दिनुभयाे । जिल्ला स्तरीय मावि तह कविता प्रतियोगितामा जिल्लाका १३ वटा मा.वि. तहका विद्यालयबाट २३ जना विद्यार्थीहरूकाे सहभागिता रहेको कोषाध्यक्ष यादवले बताए ।

कार्यक्रममा जिल्ला बाल अधिकार समितिका सदस्य सुमनगोपाल आचार्य,निर्णायक संयोजक साहित्यकार दीपक बराल, निर्णायक सदस्य बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक शेषकान्त पौडेल, रामग्राम नगर स्तरीय बाल सञ्जालकि अध्यक्ष गोमा अग्रहरी, नेपाल बाल संगठनका जिल्ला सभापति दीपक गैरे, जिल्ला सचिव मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको नेपाल बाल संगठनकि कोषाध्यक्ष रिंगला यादवले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

