अर्जुन शाह/भाद्र २९ गते /वीरगन्ज
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका स्थीत गहवा माई मन्दिरको छेउमा रहेका सार्वजनिक मञ्चमा “सामान्य अवस्था वा कोभिड् महामारी: वाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भने मूल नाराका साथ ५७औँ राष्ट्रिय बाल दिवस विभि्न कार्यक्रम सम्पन भएको छ
महानगर बाल संजाल वीरगन्ज, आवर संसार नेपाल, युनिसेफ नेपाल र लाइफ नेपालको सहकार्यमा र वीरगन्ज महानगरपालिका द्वारा आयोजना गरिएको थियो
वीरगन्ज महानगरपालिकाका गै.स.स.शाखा प्रमुख तथा वालमैत्री सम्पर्क व्यक्ति मुकेश गुप्ताका अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिका का उप मेयर शान्ति कार्की , अतिथिमा आवर संसार नेपालका अध्यक्ष मुकेश साह, लाइफ नेपालका कञ्चन कोइराला लगायतका मन्तब्य ब्यक्त गरेका थिए
विभिन्न समाजसेवी र समाजिक अभियन्ता सँलग्नतामा बाल संरक्षण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम, महानगर बाल संजालका प्रतिनिधी द्वारा विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन र बाल हेल्पलाइन बीरगंजका बाल बालिकाहरु द्वारा चित्र कला प्रदर्शन गरी मनाइएको छ
महानगरका गै.स.स.शाखा प्रमुख तथा बालमैत्री फोकल पर्सन श्री मुकेश गुप्ता र रेणुका ढकाल द्वारा विभिन्न पुरस्कार प्रदान प्रदान गरिएको छ
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय बल्ल बल्ल खुल्दै गरेकोले यस पालि बिधालयका बाल बालिकाहरु सहितको भव्य कार्यक्रम गर्न नसकिएको बीरगंज महानगरपालिका प्रतिनिधि मुकेश गुप्ता बताएका छन् । बीरगंज महानगरलाई बाल मैत्री शहर बनाउन ५१ वटा विभिन्न सुचकहरु रहेको र धेरै जसो सुचक प्राप्त भईसकेको एवं बाकि केही सुचकहरु प्राप्तीको लागी आजैदेखि विभिन्न कार्यक्रम लगातार तय रहेको, हरेक वडा वडामा तालिम लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम, बाल श्रम बाट उद्धार, कुलतमा लागेका बालबालिकाहरूलाई संरक्षण र परामर्श सेवा लगायत विभिन्न कार्यक्रम गरी बालमैत्री शहर बनाउन द्रुत गतिमा लागीने महानगर बाल मैत्री फोकल पर्सन मुकेश गुप्ता समेत बताएका छैन
आवर संसार नेपालका मुकेश साहले बालमैत्री महानगर बनाउन विभिन्न चुनौती रहेको र यसको प्राप्तीको लागी स्थानीय जन समुदाय, संचार माध्यम र नागरिक सँस्था सबै एक जुट भएर लाग्नु पर्ने साथै यो सँस्था पनि दिन रात खटेर काम गर्न तयार रहेको बताए । यस बाल दिवस मनाउने कार्यक्रममा आवर संसार नेपालका प्रतिनिधि हरु सोभित राज खनाल, सविता चौधरी लगायत,आर टि आई अभियन्ता मनोज रौनियार र बाल क्लव संजालका प्रतिनिधि हरु राहुल साह, ज्योति साह, अरविन्द कुमार लगायतका उपस्थिति रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

