रंजीत शर्मा/ नवलपरासी/ २७ भाद्र ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अन्तर्गतको बालवालिकाको अवस्था अति नै दैनिय रहेको छ। विगत ४ वर्ष देखि पालिका बाल सञ्जाल बिहीन रहेको छ।
नेपाल सरकारले सम्पूर्ण स्थानीय तहमा बाल मैत्री स्थानीय शासन अवलम्बन गर्ने निर्देशन दिए ता पनि पाल्हीनन्दन गाउँपालिकामा हाल सम्म बाल मैत्रीको कुनै गतिविधि गरेको देखिदैन।
बाल मैत्री स्थानीय शासनको सूचक तथा अवलम्बन खुड्किलाको पहिलो आधार बाल सञ्जाल गठन हो। बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्याव्यन कार्यविधि-२०६८ को अनूसार बाल मैत्री स्थानीय शासन घोषणा गर्नका लागि ३९ सूचक तथा १६ वटा खुड्किला पार गर्नु पर्दछ।
तर हाल सम्म पाल्हीनन्दनमा बाल सञ्जाल समेत गठन भएको छैन्।
सुरुवातको समयमा अर्थात २०७३ सालमा बाल अधिकार कर्मीहरुको अगुवाई तथा अधिकारकर्मी कै लगानीमा सुरज गुप्ताको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो। तर ४ महिना न वितितै गाउँपालिका भवनको सदरमुकाम परसीयाबाट बेलासपुर सार्ने विवादमा बालबालिका माथि समेत हाथपात हुँदै विघटन भएको थियो।
हाल सम्म गाउँपालिका बालवालिकामा लागानी शुन्य समान गरेको छ। गाउँपालिकाले भौतिक पूर्वधारमा लगानी गरे ता पनि सामाजिक क्षेत्रमा लगानी न्यून रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

