वीरगंज, २९ भदौ
वीरगंज महानगरपालिका स्थिति बिर्तामा रहेको नारायणी सेन्ट्रल हस्पिटलको आयोजनामा निशुल्क स्वास्थ शिबिर समपन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २१ लिपनी बिर्तामा नारायणी सेन्टर हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा करिव पाँचसय जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका प्रबन्ध निर्देशक अजय गुप्ताले जानकारी दिनुभयो । शिविरमा बरिष्ठ फिजिसिएन डा.अभिषेक सिंह,गाईनोक्लोजिस्ट डा. खुश्वु अग्रवाल,अर्थोपेडिक सर्जन डा. अजय यादव, सर्जन गोरखनाथ मिश्र र पुजा चौरसियाको टिमले चेकजाँच गरेको गुप्ताले बताए ।
शिविरमा चेकजाँच गरिएको बिरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको गुप्ताले बताए । शिविरमा अस्पतालका प्रकाश सिलवाल ,वडा अध्यक्षलगायत जनप्रतिनिधि र स्थानियहरुकोे सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

