Rashtriya Dainik

पर्सा प्रहरीले २ महिनामा २ करोड ५० लाखको राज्शव बुझायो

वीरगंज २८ सोमबार

पर्सा प्रहरीले करिब २करोड ५० लाखको अवैध सामानहरु बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले चालु अार्थिक बर्षको श्रावण महिनामा १ करोड ३८ लाख ६२ हजार ८ सय ८३ रुपैया बराबरको अवैध सामान पक्राउ गरि वीरगंज भन्सार कार्यालय बुझाएको छ भन्ने भाद्र महिनामा १ करोड १७ लाख ६९ हजार २ सय ६८ रुपैया बराबरको अवैध भन्सार छलिका सामानहरु पक्राउ गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरी उपरीक्षक पाण्डेले बताएका छन्।

त्यसै गरि प्रहरीले हुण्डी कारोबारमा संगलन रहेका ५ जना मानिस सहित स्रोत नखुलेको २४ लाख ६८ हजार ६ सय २० रुपैया बरामद गरि राजशव अनुसन्धान कार्यलय पथलैयामा बुझाएको प्रहरी उपरीक्षक पाण्डे जनाएका छन्।

त्यसै गरि प्रहरीले चालु अार्थिक बर्ष ७८/७९मा फरार प्रतिबादी २५ जना र कैद १९ बर्ष २ महिना २५ दिन र फरार कसूरदार १८ जना गरि कुल ४३ जना फरार प्रतिबादीहरु सित १ करोड ५१ लाख ५१ हजार ७ सय १८ रुपैया असुली गरेको पर्सा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित