नवलपरासी २८ भाद्र : बाईस दलीय गठबन्धन आबद्व दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी परियोजना विरुद्ध संयुक्त आन्दोलनको तयारी गरेका छन । उनिहरुले एम.सी.सी रास्ट्रघाती रहेको ठहर गर्दै असोज ४ गते परासीमा संयुक्त बिरोध कार्यक्रम गर्ने जनाएका छन । मोर्चा संबद्ध ७ दलले सोमबार एक बक्तब्य जारी गर्दै आन्दोलनमा सहभागी हुन सबैलाई अपिल गरेका हुन । नेकपा मसालका जिल्ला प्रबक्ता धनपति सापकोटा नेकप क्रान्तिकारी माओवादीका प्रदेश सदस्य एवं कार्यबाहक जिल्ला सेक्रेटरी क्षेत्र बहादुर थापा क्षेत्री ; बिप्लव नेकपाका प्रताप मिश्र राजमोका जिल्ला अध्यक्ष किशन बहादुर अधिकारी ; देशभक्त जनगणतान्त्रिक मोर्चाका चुडामणि भण्डारी ; बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महेन्द्र खडका र नेकपा माक्र्सवादी पुस्पलालकि दुर्गा नेपालले जारी गरेको बक्तब्यमा रास्ट्रिय स्वाधीनताको रक्षाको सङघर्स सम्पुर्ण देशभक्तहरुको साझा कार्यसुचि बन्न पुगेको जनाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

