Rashtriya Dainik

अमेरिकामा रहेका नेपालीद्धारा बाढी प्रभावित १२६ जनालाई राहत वितरण

उमेश बि.क / नवलपरासी ,२८ भदौ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ७ गणेशपुरमा बाढी प्रभावित घर परिवारलाई राहत बितरण गरिएको छ ।

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुकाे आर्थिक सहयोगद्वारा सरु शर्माकाे नेतृत्वमा पठाइएको रकमबाट सरावल ७ गणेशपुरका बाढी प्रभावित बिपन्न १२६ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे ।

परासी घर भई अमेरिका बस्दै आउनुभएकी सरु शर्माको पहलमा ४१ जनाबाट जम्मा भएको रकमबाट बाढी प्रभावित परिवारलाई २५ किलो चामल ,५ किलाे अालु,१ किलो पियाज ,१ प्याकेट रिफाइन र १ प्याकेट अायाेडिन नुन लगाएतकाे दैनिक उपभोग्य सामाग्रीहरु प्रती घर परिवारलाई प्रदान गरिएको वितरण कार्यक्रमको संयोजक नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी माेहन प्रसाद शर्माले जानकारी दिनुभएको हाे। गणेशपुरका बाढी प्रभावित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अन्य टाेलमा पालिका र संघ संस्थाकाे समन्वयमा वितरण तयारी गरिरहेकाे बताउदै कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै विपदकाे समयमा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले गरेको मानविय कामकाे प्रशंसा समेत गर्नुभएको हाे।

राहत वितरण कार्यक्रममा समाजसेवी बिनाेद कुमार पाण्डेय,वडा नम्बर ३ वडा अध्यक्ष अणेन्द्र नाथ राय,कार्यपालिका सदस्य चन्दा चाैधरी ,जन्ती सहानि,समाजसेवी राजमंगल सहानि ,समाजसेवी चन्द्र कुमार गुप्ता ,सन्जय मिश्रा,जयदेव पाठक,जन्मेजय यादव,समाजसेवी घनश्याम चाैधरी ,काङ्ग्रेस नेता अनिल गाैड ,गजानन्द पटेल लगाएतकाे उपस्थिति रहेको थियाे।

पिडित परिवारले विदेशमा रहेर पनि नेपालीहरुले देखाएको सहयोगी भावनाको सराहना ब्यक्त गरेका थिए  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित