सन्जु छत्कुलि/ बिरगंज
जिल्ला प्रहरी कार्यालय पर्साले २०७६साल साउन २४ गते वीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्ता बजार , घण्टाघर , वीरगंज २४ रामगढवा ई स्थानहरुमा बम पड्काउने प्रमुख योजनाकारलाई अाज बिहान पर्सा प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नैमा ऊक्त बम पड्काउने प्रमुख योजनाकार जिल्ला पर्सा साबिक रानगढवा गाबिस वडा नम्बर ८ हाल वीरगंज महानगरपालिका वडा नम्बर २४ बस्ने बर्ष ३५ को बिबेक सिंह भन्ने फुलहसन अंसारीलाई प्रहरीले उसको घर नजिकै वाट पक्राउ गरेको छ।
पक्राउ परेका बम काण्डका प्रमुख योजनाकार अंसारी बम काण्ड पछि भारतको रक्सौलमा बसेर भारतिय अधारकार्डा अंकित पटेलको नाऊमा अंसारीले नाम परिवर्तन गरि अाधारकार्ड बनाएको र भारतको रक्सौलमा लुकिछुपी बस्दै गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे प्रेस बिज्ञप्ती मार्फत जनाएका छन्।
पक्राउ परेका अंसारी २ वर्षा देखि भारतको रक्सौलमा बस्दै अाएको र वीरगंजका उधोगी व्यापारी तथा सर्ब साधारण नागरिकहरुलाई फोन मार्फत धम्काई रकम मागं गरने गरेको र फेरी वीरगंजमा ठुलो घटना घटाउने योजना गरिरहेको अवस्थामा विशेष सुचनाको अाधारमा पर्सा प्रहरीले सोमबार बिहान ४ बजे अंसारीलाई पक्राउ गरेको हो।
पक्राउ परेका अंसारी २०६५ साल पुस ७ गते वीरगंज वडा नम्बर १३ बस्ने राजेश क्याललाई गोली हानि हत्या गरने घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धान वाट खुलेको छ।
प्रहरी अनुसार २ बर्ष पहिले वीरगंजना भएको बम काण्डमा पर्सा प्रहरीले ३ जनालाई ऊक्त घटना पश्चात् इयुनिस अंसारी , जौवाद अंसारी र सदाम अंसारीलाई पक्राउ गरि पर्सा जिल्ला अदालतमा बुझाए पश्चात् जिल्ला अदालत पर्साले यी तिनै जनालाई जन्हि २ वर्षा ६ महिना कैद र २५ हजार रुपैया जरिवाना फैसला गरेको थियो भने सो बम काणडका प्रमुख योजनाकार अंसारी भन्ने फरार रहेका थिए र उनलाई पनि अाज बिहानै पक्राउ गरि पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको थियो ।
त्यसै गरि पर्सा प्रहरीले चालु अार्थिक बर्षको श्रावण महिनामा १ करोड ३८ लाख ६२ हजार ८ सय ८३ रुपैया बराबरको अवैध सामान पक्राउ गरि वीरगंज भन्सार कार्यालय बुझाएको छ भन्ने भाद्र महिनामा १ करोड १७ लाख ६९ हजार २ सय ६८ रुपैया बराबरको अवैध भन्सार छलिका सामानहरु पक्राउ गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरी उपरीक्षक पाण्डेले बताएका छन्।
त्यसै गरि प्रहरीले हुण्डी कारोबारमा संगलन रहेका ५ जना मानिस सहित स्रोत नखुलेको २४ लाख ६८ हजार ६ सय २० रुपैया बरामद गरि राजशव अनुसन्धान कार्यलय पथलैयामा बुझाएको प्रहरी उपरीक्षक पाण्डे जनाएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

