Rashtriya Dainik

सशस्त्र प्रहरीबलद्वारा हरियाे मटर बरामद

नन्दु यादव /भाद्र २८नवलपरासी

लामाे समय देखि नवलपरासी जिल्ला लाई तस्करीकाे अखडाकाे रुपमा भनेर चिनिने नवलपरासी जिल्लामा अहिले तस्करी नियन्त्रण हुन थालेका छन । केही समय अगाडि सरुवा भई आउनु भएका गणपति महेशअधिकारीकाे सक्रियताले नवलपरासी मा तस्करी नियन्त्रण हुन थालेकाे बुझिएकाे छ ।
गणपति अधिकारी काे कडा निर्देशनले नवलपरासी मा सुरक्षा चुस्त दुरुस्त तथा तस्करी नियन्त्रणमा सक्रिय भुमिका खेलेकाे स्थानियहरुले बताएका छन ।यसै गरि गण अन्तर्गत रहेका सबै युनिटहरुलाई कडा रुपमा निर्देशन दिईएकाेले अबैध सामानहरु धमाधम पक्राउ पर्दै गईरहेका छन।यसै गरि रातको समयमा स.प्र.बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासीबाट खटिएको मोवाईल गस्ति टोलिले प्रतापपुर गाउँपालिका वडा न ५ बैदौलि पुल नजिकै बिशेष सुराकीको आधारमा नेपालबाट अबैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा १ लाख ८० हजार मुल्य बराबरको ढुवानीको लागि प्रयोग गरिएको १२ वटा साईकल सहित ५० बोरा (१२५० के.जी) हरियो केराउ (मटर) बरामद गरीएकाे छ।। बरामद गरीएकाे अबैध सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे गणका सुचना अधिकारी राेशन घिमिरेले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित