संजय कुशवाहा /नवलपरासी २७ भदौ
पश्चिम नवलपरासी प्रहरीले एक ट्रक र एक पिकअप गाडी सिहत ३७ लाख ३० हजार मुल्य बराबरको अवैध
हरियो मटर (केराउ) बरामद गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल बुझाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खिटएको प्रहरी टोलीले सुनवल नगरपािलका वडा नं. १२ भुमहीबाट ८४० बोरामा अदाजी २१ टन हरियो मटर (केराउ) सहित ना ६ ख
५२०१ नम्बरको ट्रकलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो । बरामद मटरको अदाजी मुल्य १८ लाख ९० हजार बराबर र ट्रकको अदाजी मुल्य १० लाख बराबर गरी जम्मा मुल्य २८ लाख ९० हजार बराबर रहेको छ । मटर सिहत पक्राउ परेको ट्क, ट्रक चालक र बरामद मटर आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल बुझाईएको छ ।
यसैगरी शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय
बेलाटारीबाट खिटएको प्रहरी टोलीले सुस्ता गाउँपालिका वडा न .३ फेचुवा पुलस्थित लु १ च ७६०८ नम्बरको
पिकअप गाडीलाई चेकजाँच गर्दा उक्त पिकअप गाडीमा १२० बोरामा अदाजी ३० क्विन्टल हरिरयो मटर
(केराउ) फेला परेको थियो । बरामद मटरको अदाजी मुल्य २ लाख ४० हजार बराबर र पिकअप गाडीको
अदाजी मुल्य ६ लाख बराबर गरी जम्मा मुल्य ८ लाख ४० हजार बराबर रहेको छ । बरामद मटर, चालक र
गाडी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका नायव उपरीक्षक राजु लामाले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

