Rashtriya Dainik

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

गोरखा
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ । वित्तीय संस्थाको सञ्चालक समितिको विहिवार साँझ बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा वाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ । वित्तीय संस्थाले ०७८ श्रावण मसान्त सम्म ४वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिदैं आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित