राजन बानिया/पर्सा २० भदौ
पर्साको धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी चौकमा अाज साझ एक युवकको शव बरामद भएको छ। लंगडी चौकमा रहेको मारिया मनी ट्रास्फरको छाना माथी शब रहेको प्रहरीले जनाएका छन। मनी ट्रास्फरको छाना माथी युवकको शव देखे पछी ईलाका प्रहरी कार्यालय लंगडी लाई जानकारी दिएपछी घटना स्थलमा प्रहरीको टोली पुगी शव बरामद गरेका छन।प्रहरी का अनुसार लंगडी चौक मा रहेको मारिया मनी ट्रास्फर को माथी छाना भएर भित्र खोजने क्रमा करेन्ट लागेर मृत्यु हुनसकने अनुमान गरिएको छ। चोर ले चोरी गर्न नियत ले पछाडी बाट छाना माथी चढेर भित्र मनी ट्रस्फर खोजेको अवस्थामा करेन्ट लगाने गरेको मृत्युु को अवस्था देखिएको छ। मृत्यु को अवस्था दुई तीन दिन को शब रहेको ले शव बाट गन्ध अाईरहेको प्रहरी जनाएका छन। मृतक को प्रकृति हेर्दा अन्दाजी करिब २२ वर्ष को रहेको र मुस्लिम समुदाय रहेको देखिएको छ। घाटना स्थल मा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुलका उठाई अहिले समम मृतक को पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन। मृतक को शव लाई पोस्टमार्टम को लागि नारायणी अस्पताल मा पठाएको प्रहरी ले जनाए का छन।प्रहरी ले घटना स्थल बाट रिन्च , चाकु. छुरा समेत बरामद गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

