उत्तमकुमार थापा /बझाङ २० भाद्र
जिल्लाको केदार स्यूँ गाउँपालिका अध्यक्ष ÷उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन । आइतबार सदरमुकाम चैनपुरमा मोटर साइकल ¥याली सहित बजार परिक्रम गरी जिल्ला निर्वाचन कार्यालय बझाङमा सनाखत गरेका हुन ।
नेकपा एमालेबाट निर्वाचित केदार स्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्र बहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी, वडा सदस्य ज्ञाना जेठारा, कमला कुमारी भण्डारी, नन्दा देवी सिंह, जुनादेवी ओखेडा, तुलसी देवी बिष्ट , मिजुरा देवी ओखेडा, बाटुली देवी ओड,विमला कुमारी शर्मा,कल्यान धामी, धन बहादुर बिष्ट, धन्नाम रावल, लाल बहादुर कामी र कार्यपालिका सदस्य कटक बहादुर दमाई गरी १९ जना जनप्रतिनिधिहरुले आफ्नो नागरिकताको प्रतिलिपी र निर्वाचित प्रमाणपत्र निर्वाचन कार्यालयमा पेश गरी आजैदेखि नेकपा समाजवादी पार्टीको सदस्य रहेको भनि सनाखत गरेका छन ।
जनप्रतिनिधि सँगै सनाखत गर्न निर्वाचन कार्यालय पुगेका नेकपा एमालेका तत्कालिन अध्यक्ष दिल बहादुर सिंहले अब जिल्लाको नम्बर १ पार्टी नै नेकपा समाजबादी नै हुने दावी गरे ।
सनाखत गर्न निर्वाचन कार्यालय पुगेका केदार स्यूँ गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले गरेका हरेक ज्याजतीका बिरुद्घ हामीले समाजवादी पार्टी रोजेको बताए । भाद्र २२ गते सम्म धेरै जनप्रतिनिधिहरु नेकपा समाजवादीमा सनाखत गर्न आउने उनको भनाइ छ ।
निर्वाचन आयोगले भाद्र २२ गतेसम्म जनप्रतिनिधिहरु लाई पार्टी रोज्न समय सिमा तोकेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

