दोरेन्द्र खड्का / बझाङ
नेकपा एमालेका अध्यक्ष दिल बहादुर सिंह माधवकुमार नेपाल समूहले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्। उनले केपी शर्मा ओलीको अतिवादविरुद्ध उभिएर नयाँ पार्टीमा लाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन । अाज केदारस्यु गाउँपालिका सगै निर्वाचन कार्यलयमा सनाखत गर्न पुगेको टोली सगै निर्वाचन कार्यालयमा पुगेर नेकपा एमालेमा रहन नसकिने अध्यक्ष सिंहले पत्रकारहरु संग जानकारी गराए । एमाले पाटी संगठन निर्माण गर्न सिंहको अमूल्य भुमिका रहेको पार्टी निर्माण गर्न कसरत गर्ने सिंह केपी ओलिको अधिनायकबाद स्वईच्छाचारी गलत कदमका बिरुद्ध पाटी लाई छोड्नु परेको सिंहले बताए । नेकपाका नेता कार्यकर्तालाई गलतका बाटो नहिटी सत्यको बाटो रोज्न पनि सिंहले सम्पूर्ण शुभचिन्तकलाई अनुरोध गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

